समाचारमंगलबार, आषाढ १०, २०७१
सरकारको नीति तथा कार्यक्रम १५ असारमा
राष्ट्रपति डा. रामवरण यादवले १५ असारमा व्यवस्थापिका संसद्को चालु अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । नेपालको अन्तरिम संविधान २०६३ को धारा ५२ बमोजिम राष्ट्रपति यादवले कार्यक्रम प्रस्तुत गर्ने सभामुख सुवासचन्द्र नेम्बाङले १० असारमा सदनलाई जानकारी गराए ।
उनले संसदका सबै सदस्यलाई निर्धारित पोशाकमा उपस्थित हुन पनि आग्रह गरे । त्यसअघि उनले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र वाचन गरेका थिए ।

