थप समाचारबुधबार, आषाढ ११, २०७१
गैंडाको खागसहित ४ पक्राउ
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले गैंडाको खागसहित चार जनालाई पक्राउ गरेको हो । हेटौंडास्थित होटल न्यू लोकप्रिय साई निलियनबाट उनीहरुलाई १० असारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बारा रतनपुर–४ का ईन्द्रबहादुर लामा, मकवानपुर बसामाडी–२ का राजिन लामा, मकवानपुर भैंसे–६ का सीताराम लामा र धादिङ किराना चोक–८ का किशोर बख्रेल छन् ।
उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि १० असारमै जिल्ला वन कार्यालय मकवानपुरमा पठाएको सीआईबीले जनाएको छ ।

