समाचारबुधबार, आषाढ ११, २०७१
शान्ति मन्त्रालयको सहमति कार्यान्वयन आयोगले काम थाल्यो
विभिन्न समूहसँग भएका सहमति/सम्झौताको कार्यान्वयन अवस्थाको पहिचान गरी सिफारिश गर्ने जिम्मेवारी पाएको आयोगले काम शुरु गरेको हो । शान्ति तथा पुनर्निर्माण मन्त्रालयले १० असार २०६४ देखि १९ बैशाख २०७० सम्म विभिन्न समूहसँग गरेको सम्झौताबारे अध्ययन गरिने आयोगले जनाएको छ ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयले त्यो अवधिमा ५६ समूहसँग ७१ सहमति/सम्झौता गरेको थियो । ती सम्झौताको अध्ययन, विश्लेषण गरी कार्यान्वयन अवस्थाको पहिचान गर्नका लागि सिफारिश गर्ने जिम्मेवारी आयोगले पाएको छ ।
सरकारले २ असार २०७१ मा गठन गरेको आयोगको अध्यक्षमा केशवप्रसाद मैनाली छन् । सदस्यमा डा. राजकुमार राई, रीता मैनाली, दिपेन्द्र झा र सदस्य सचिवमा लक्ष्मीशरण घिमिरे छन् ।
