थप समाचारबिहीबार, आषाढ १२, २०७१

दुई इन्जिनियरको शव फेला

हिमालखबर

दार्चुलाको पनेबाजबाट धनगढीतर्फ आउँदै गरेको ‘हेलो नेपाल’ को बा ७ च २८५० नम्बरको जीप बैतडीको ताम्तडीस्थित चौलानी नदीमा खस्दा बेपत्ता भएका दुई इन्जिनियरको शव फेला परेको हो । दुर्घटनामा परेका इन्जिनियर अतुल केसी र शैलेन्द्र खड्काको शव दुर्घटनास्थलभन्दा तीन किलोमिटर तल जाडाबगरमा फेला परेको प्रहरीले जनाएको छ ।

दार्चुलाको पनेबाजबाट धनगढीतर्फ आउँदै गरेको ‘हेलो नेपाल’ को बा ७ च २८५० नम्बरको जीप १० असारमा नदीमा खसेको हो ।

दुर्घटनामा दुई इन्जिनियर बेपत्ता भएका थिए भने गाडी चालकले हाम फालेर ज्यान जोगाएका थिए ।

चालक दाङ्ग लक्ष्मीपुर–१ कुडेपानीका २८ वर्षीय विक्रम खड्काको गोकुलेश्वर प्राथमिक स्वास्थ्य केन्द्र दार्चुलामा उपचार भईरहेको छ । चालक खड्का हामफाल्दा भीरमा अडिएको र जीप सडकबाट ५० मिटर तल चौलानी नदीमा खसेको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले जानकारी दिए ।

बच्चु विक, महेन्द्रनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>