समाचारशुक्रबार, आषाढ १३, २०७१

पहिलोपटक अल्जेरिया दोस्रो चरणमा

हिमालखबर

रुसविरुद्ध खेल जितेर दोस्रो चरणमा स्थान पक्का गरेपछि खुसी मनाउँदै अल्जेरियन खेलाडीहरु । तस्वीर: एएफपी

समूह ‘एच’ अन्तर्गत बिहीबार भएको रुस र अल्जेरियाबीचको खेल १–१ को बराबरीमा टुंगियो । दोस्रो खेलमा बेल्जियमले दक्षिण कोरियालाई १–० ले हरायो ।

यो खेलसँगै बेल्जियम ९ अंक बटुलेर शीर्षस्थानमा रहँदै अर्को चरणमा पुगेको छ भने चार अंक बटुलेको अल्जेरिया पहिलो पटक विश्वकपको दोस्रो चरणमा पुगेको छ ।

अल्जेरियाले एक जीत र एक बराबरी सहित ४ अंक जोड्यो भने रुसले दुई वटा बराबरी खेलेर जम्मा २ अंकमात्रै जोडेको थियो ।

रुस र अल्जेरियाबीचको खेल निकै रोमाञ्चक रह्यो । अघिल्लो चरणमा पुग्न रुसलाई खेल जित्न जरुरी भएकोले उसले आक्रमक खेलेको थियो तर अल्जेरियन खेलाडीका अगाडि उसको केही सिप लागेन ।

रुसी खेलाडी कोकोरिनले खेलको छैटौं मिनटमा गोल गरे । मध्यान्तर सम्म १–० ले अगाडि रहेको रुसलाई खेलको ६० औ मिनटमा रुसका गोलकिपरको गल्तीले अल्जेरियाका इस्लाम सलिमनीले गोल गर्ने मौका पाए । र खेल १–१ को बराबरीमा पुग्यो ।

गोल पोष्टभन्दा अगाडि आएका रुसी गोलकिपरले सलिमानीको किकको अन्दाज गर्न सकेनन् । जसले गर्दा रुस अघिल्लो चरणमा पुग्नबाट बञ्चित भयो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>