समाचारशुक्रबार, आषाढ १३, २०७१

दाहालले पञ्चायती शैलीमा पार्टी चलाएः रायमाझी

हिमालखबर

१३ असारमा दाङमा आयोजित साक्षात्कार कार्यक्रममा एमाओवादी सचिव टोपबहादुर रायमाझीले अध्यक्ष पुष्पकमल दाहालले पञ्चायतकालको जस्तो पूरानो विचार र सोच बाट पार्टी सञ्चालन गर्दा पार्टी कमजोर भएको बताएका छन् ।

“अध्यक्षले नयाँ आवश्यकता, नयाँ सोच र नयाँ संगठनका लागि पुरानो शैलीमा सुधार गर्नुपर्छ, पुरानो शैलीले अब पार्टी सञ्चालन हुनसक्दैन,” रायमाझीले भने, “पार्टीमा योग्य र विज्ञ नेताको खोजी भइरहेको छ ।”

उनले हालै सम्पन्ने उपनिर्वाचनमा भएको पार्टीको पराजयसमेतको विश्लेषण हुनुपर्ने बताए । रायमाझीले भने, “पार्टीभित्रको आन्तरिक कलह समाधान गर्न नसक्ने नेतृत्वले अन्य पार्टीहरुसँग गर्ने भनिएको कार्यगत एकता र मोर्चाको कुनै अर्थ रहँदैन ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>