समाचारशुक्रबार, आषाढ १३, २०७१

विशेष समितिको अध्यक्षमा कर्ण

हिमालखबर

१३ असारमा बसेको संविधानसभा निर्वाचन अध्ययन, अनुसन्धान तथा सुझाव संसदीय विशेष समितिको बैठकले सदभावना पार्टीका नेता एवम् सभासद् लक्ष्मणलाल कर्णलाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको छ ।

संविधानसभा सदस्य निर्वाचन २०७० का सम्बन्धमा देशव्यापी रुपमा भए घटेका विवादास्पद विषय, घटनासम्बन्धी उजुरी तथा जानकारी प्राप्त गर्न र भविष्यमा हुने निर्वाचनलाई स्वच्छ र निष्पक्ष तुल्याउन राय तथा सुझावहरु समेत सङ्कलन गर्न १० दिनको म्याद राखी सरकारी सञ्चारमाध्यमबाट सूचना जारी गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले समितिको कार्यविधि सर्वसम्मतिले स्विकृत समेत गरेको छ ।

संविधान मस्यौदा लेखनलाई निरन्तरता दिइने

संविधान मस्यौदा समितिअन्तर्गतको प्रस्तावना र परिभाषा उपसमिति, न्यायपालिका उपसमिति र मौलिक हक, राज्यको निर्देशक सिद्धान्त र आयोगसम्बन्धी उपसमितिको बैठकले मस्यौदा लेखन कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ ।

रमेश लेखकको संयोजकत्वमा बसेको न्यायपालिका उपसमितिको बैठक, जीतेन्द्रनारायण देवको संयोजकत्वमा बसेको प्रस्तावना र परिभाषा उपसमितिको बैठक र अइन्द्र सुन्दर नेम्वाङको संयोजकत्वमा बसेको मौलिक हक, राज्यको निर्देशक सिद्धान्त र आयोगहरुसम्बन्धी उपसमितिको बैठकले उपसमितिको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा विस्तृत अध्ययन एवम् छलफल गरी मस्यौदा लेखन कार्यलाई निरन्तरता दिने निर्णय गरेको हो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>