समाचारशुक्रबार, आषाढ १३, २०७१

सुअारेजको सजाय अत्यधिक: पीडित खेलाडी

हिमालखबर

२७ वर्षीय सुआरेजले इटलीविरुद्ध समूह चरणको खेलमा इटलीका किएलिनीको काँधमा टोकिदिएका थिए । उक्त खेल उरुग्वेले १–० ले जितेको थियो भने इटली विश्वकपबाट बाहिरिएको थियो ।

उक्त घटनामा कार्वाही गर्दै फिफाले सुआरेजमाथि चार महिनाको प्रतिबन्ध लगाएको छ । सुआरेजलाई नौ अन्तराष्ट्रिय प्रतियोगिताका लागि निलम्बित गर्नुका साथै एक लाख स्विस फ्रयांक जरिमाना पनि गरिएको छ ।

किएलिनीले आफ्नो प्रतिक्रियामा भने, “सुआरेजप्रति मेरो खुशी, बदला या आक्रोश कुनै प्रकारको भावना छैन ।”

‘लज्जास्पद’

अर्जेन्टिनी पूर्व खेलाडी म्याराडोनाले सुआरेजको समर्थनमा अभिव्यक्ति दिंदै फिफाको फैसलालाई ‘लज्जास्पद’ भनेका छन् । उनले टेलिभिजन कार्यक्रममा सुआरेजको समर्थनका शब्द लेखिएको टि–शर्ट लगाएका थिए ।

उनले भने, “यो सुआरेजका परिजनका लागि अत्न्यन्तै कठिन समय हो, म उनीहरुका बारे सोचिरहेको छु ।” म्याराडोनाले टिभी शोमा लगाएको टि–शर्टमा ‘लुइस हामी तिम्रो साथमा छौं’ लेखिएको थियो ।

“यो प्रतिबन्ध लज्जास्पद छ, फिफा सुआरेजका प्रशंसकहरुप्रति संवेदनशिल छैन,” उनले भने, “उनीहरु उसलाई (सुआरेजलाई) हथकडी लगाएर ग्वान्तानामोमा फालिदिन सक्छन् ।”

सुआरेज शुक्रबार विहान ब्राजिलबाट स्वदेश रमाना भइसकेका छन् ।

बीबीसी बाट साभार

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>