समाचारशनिबार, आषाढ १४, २०७१

संविधान निर्माणमा एमाओवादी गम्भीरः अध्यक्ष दाहाल

हिमालखबर

मोरङको इन्द्रपुरमा १४ असार बिहान आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पाँच राजनीतिक दलबीच हुन लागेको एकता संविधान निर्माणका लागि भएकाले त्यसप्रति शङ्का नगर्न आग्रह गरेका छन् ।

दाहालले मुलुक कठिन अवस्थाबाट गुज्रिरहेको भन्दै ८ माघेभित्र संविधान निर्माण गरेर मुलुकलाई निकास दिनु सबै राजनीतिक दलको साझा कर्तव्य भएको धारणा व्यक्त गरे ।

उनले नेकपा–माओवादीलगायत संविधानसभाबाहिर रहेका दलहरुलाई पनि संविधान निर्माण प्रक्रियामा सहभागी गराउन छलफल एवम् वार्ता गरी सहमतिका आधारमा संविधान जारी गर्नुपर्ने बताए ।

पार्टीभित्र नेताहरुबीच कुनै विवाद नरहेको पनि दाहालको दाबी थियो ।

यो पनि पढ्नुहोस:
दाहाल भन्छन, ‘संविधान बन्ने निश्चित छैन’


दाहालले भने, ‘बाबुरामजी र म संधै मिलेका छौं’

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्धारित समयमा नै संविधान निर्माण हुने सङ्केत प्रष्ट भइरहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>