समाचारशनिबार, आषाढ १४, २०७१

प्रतिनिधिलाई सम्बोधन गर्दै नेपाल र ओली

हिमालखबर

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले महाधिवेशन प्रतिनिधिलाई १४ असार दिउँसो ३ बजे बुद्धनगरमा आफ्ना पक्षका प्रतिनिधिलाई आमन्त्रण गरेका छन् । नेपालले प्रतिनिधिहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यस्तै एमाले नेता केपी ओलीले १५ असारमा मदन भण्डारी मेमोरियल फाउन्डेसनले आयोजना गर्ने ‘नवौँं महाधिवेशन र नेतृत्व हस्तान्तरण’ विषयक विचार गोष्ठीमा प्रतिनिधि तथा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

महाधिवेशन प्रतिनिधि काठमाडौँ आउने क्रम शुरु भएपछि दुवै पक्षले भेला, भेटघाट र प्रचार कार्यलाई तीव्रता दिएका छन् ।

नेपाल र ओली दुवैले अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>