समाचारशनिबार, आषाढ १४, २०७१
नेपालले पायो टि-ट्वेन्टी क्रिकेटको मान्यता
आइसीसी बोर्डको अष्ट्रेलियमा भएको वार्षीक सभाले नेपाललाई ट्वेन्टी ट्वेन्टी क्रिकेटको अन्तराष्ट्रिय मान्यता प्रदान गरेको छ । नेपालसँग नेदरल्याण्ड्स पनि यो मान्यता पाएको छ ।
नेपाल र नेदरल्याण्ड्स दुवै बंगलादेशमा भएको ट्वेन्टी ट्वेन्टी विश्वकपमा छनोट भई राम्रो प्रदर्शन गरेका थिए ।
आइसीसीले शनिबार जारी गरेको विज्ञप्तिमा अन्तराष्ट्रिय टि-ट्वेन्टी खेल्ने एसोसिएट देशहरु ८ वटा पुगेको उल्लेख छ । अन्य एसोसिएट टिममा अफगानिस्तान, हङकङ, आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्युगिनी, युनाइटेड अरब इमिरेट्स छन् ।
अब टेस्ट स्तरको मान्यता प्राप्त राष्ट्रका टोलीसँगै नेपालले पनि अन्तर्राष्ट्रिय टि-ट्वेन्टी क्रिकेट खेल्न पाउनेछ ।
