थप समाचारशनिबार, आषाढ १४, २०७१
४५ तोला सुन चोरी
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार काब्रे–३ मैनापोखरीस्थित दुई पसलबाट ४५ तोला सुन, २ लाख नगद र डेढ किलो चाँदी चोरी भएको छ ।
मैनापोखरीका गणेश खड्काको घरमा रहेको सीताराम सुनचाँदी पसलबाट नगद २ लाख सहित २० तोला सुन र डेढ किलो चाँदी र चक्रबहादुर विकको घरमा रहेको उनको आफ्नै पसलबाट २५ तोला सुन, २२ तोला चाँदी र २० हजार नगद चोरी भएको छ ।
घटनाबारे अनुसनधान भई रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए । प्रहरीले चोरीको आशंकमा दुई जनालाई पक्राउ गरेको छ ।
सर्मिला बुढाथोकी, दोलखा
