थप समाचारशनिबार, आषाढ १४, २०७१
घर भत्कंदा चारजनाको मृत्यु
जैसीदेवल श्वेत भैरवमा भत्काउँदै गरेको पुरानो घर अचानक भत्किँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पाँच जनाको घाइते अवस्थामा उद्दार गरिएको छ ।
दुर्घटनामा घर भत्काउने ठेक्का लिएका पोतबहादुर पाण्डे, मजदुर खोटाङ धारापानीका भूपाल मगर, धादिङ वैरेनीका विष्णु भण्डारी र नुवाकोटका गणेश बिकको ज्यान गएको हो ।
घाइतेहरुको वीर अस्पतालमा उपचार भइरहेको छ ।
पुरानो घर भत्काउने काम गरिरहेका मजुदर खाना खाँदै गर्दा माथिल्लो तल्ला खसेर पुरिएका हुन् ।

