समाचारआइतबार, भाद्र ३१, २०६९

प्याकेजमा सहमति आवश्यक छ: प्रधानमन्त्री

हिमालखबर

हरेक महिनाको अन्तिम साता जनतासँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रमअनुसार जुम्लाको तातोपानी गाविसको दलित बस्तीमा रात बिताएर फर्कने क्रममा ३१ भदौमा सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन । प्रधानमन्त्री भट्टराईले संविधानसभा पुनःस्थापना गर्न अथवा नयाँ निर्वाचनमा जानका लागि पनि सहमति आवश्यक रहेकामा जोड दिए । उनले देशको अहिलेको सङ्क्रमणकालीन अवस्थालाई चिर्न दलबीच छलफल जारी रहेको भन्दै केही दिनभित्रै सङ्क्रमणकालको अन्त्य हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष प्रस्तुत गरिएका अध्यादेश सरकार साचालनका लागि आवश्यक रहेको बताउँदै भने, ‘यी अध्यादेश व्यवस्थापिका-संसद्मा प्रस्तुत भई छलफल भइसकेका हुन् जनप्रतिनिधि नभएका बेला सरकारका काम साचालन गर्न अध्यादेश आवश्यक भएकाले ल्याउन खोजिएको हो ।’ उनले आफ्नो कार्यकालमा शान्ति र संविधानले गति लिएको र शान्ति प्र्रकि्रया अन्तिम चरणमा पुगेको बताए ।

प्रधानमन्त्री भट्टराईले जनतासँग सरकारको कामका बारेमा सुझाव लिन र जनतासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले आफू नेपालकै विकट दलित बस्तीमा पुगेको बताए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>