समाचारआइतबार, आषाढ १५, २०७१

बाँकेमा शून्य रोपाइँ

हिमालखबर

समयमा पानी नपर्दा अन्न भण्डारका रुपमा चिनिएको पश्चिम तराईमा धानखेती प्रभावित हुने भएको छ ।

असारको १५ लाग्दा पनि बाँकेमा रोपाइँ शून्य प्रतिशत रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । ब्याड पनि २५ प्रतिशत किसानले मात्र राख्न भ्याएका छन् ।

करिब दुई साताअघि वर्षा भई केही किसानले धानको ब्याड राखेको भएपनि अझै ७५ प्रतिशत किसानले धानको ब्याड राख्न नपाएका बाली विकास अधिकृत हसमुल्लाह खाँले बताए ।

जिल्लामा साढे ३६ हजार हेक्टर जमिनमा धानखेती हुँदै आएको छ । यस्तै धानको पकेट क्षेत्र मानिने बर्दियामा अहिलेसम्म १५÷२० प्रतिशतमात्र रोपाइँ भएको छ ।

यतिबेला खेतमा असारे गीत घन्काउँदै धमाधम रोपाइँको चटारोमा हुने यहाँका किसान यतिबेलामा बाँझो खेत हेर्दै टोलाउन थालेका छन् ।

पानी नपरेकाले धेरैतिर रोपाइँ हुन नसकेको हो । खेत बाँझै भएकाले किसानमा उत्साह छैन । राखिएका धानका ब्याड खेतमै सुक्न थालेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>