समाचारआइतबार, आषाढ १५, २०७१

बालमन्दिरमै यौन दुराचारी

हिमालखबर

सुनिर पाण्डे र तृष्णा राणा

काठमाडौं, नक्सालस्थित बालमन्दिरमा रहेका बालबालिकामाथि दुव्र्यवहार गरेको अभियोगमा दुई कर्मचारी पक्राउ परेका छन् । यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका उनीहरूलाई अर्को हप्ता केन्द्रीय अनुसन्धान ब्युरोले अदालतमा पेश गर्दैछ ।

बालमन्दिरमा आश्रित बालबालिकालाई पटकपटक बलात्कार र यौन दुर्व्यवहार गरेको भन्दै बालअधिकारकर्मीले प्रमाणसहित उजुरी दिएपछि बालमन्दिरका धर्मपुत्र–पुत्री शाखाका पूर्व प्रमुख रविन श्रेष्ठ र बालमन्दिरमै युथ क्लब सञ्चालन गर्ने तथा बालमन्दिरकै पूर्व छात्र रविन चालिसेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ६ असारमा पक्राउ गरेको हो ।

श्रेष्ठ यसअघि पनि सन् २०१२ मा ५ वर्षीया दृष्टिविहिन बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका थिए । त्यसबेला ती बालिकालाई धर्मपुत्री बनाउन लागेकी बेलायती नागरिकले प्रहरीमा उजुरी दिएकी थिइन् ।

“मैले उनलाई धर्मपुत्री बनाउन चाहेकी थिएँ, तर श्रेष्ठले स्वीकृति दिएनन्,” अहिले उनै बालिकालाई छोरी बनाएकी बेलायती महिलाले भनिन्, “बालिका १६ वर्ष पुगेपछि मात्रै निर्णय लिन सकिने र अहिलेलाई भने मैले बालिकाको खर्च ब्यहोर्नु पर्ने उनले भनेका थिए ।”

त्यसबेला बालमन्दिरकै एक कर्मचारीले बालिकाको गुप्ताङ्गबाट रक्तश्राव भइरहेको सूचना दिएपछि बालिकालाई अस्पताल लगिएको थियो र चिकित्सकले बालिकामाथि बलात्कार भएको पुष्टि गरेका थिए ।

अहिले फेरि चालिसेसँगै श्रेष्ठ बालमन्दिरकै सुस्त मनस्थितिका तीन बालिकालाई बलात्कार गरेको, अरु केहीलाई जबरजस्ती यौन कार्यमा लगाएको र दुई साना बालकमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । बालबालिकामाथि दुराचार गर्ने अर्को व्यक्ति रहेको खुले पनि उसको पहिचान अझै भइसकेको छैन ।

तीनजना व्यक्तिले आफूहरुलाई भारतीय फिल्मका अभिनेताका रुपमा चिनाउँदै ललाइफकाइ रक्सी खुवाएर अश्लिल फिल्म देखाएपछि यौन दुव्र्यवहार र बलात्कार गरेको बालबालिकाले बताएको अधिकारकर्मीहरुले बताएका छन् ।

“दुराचारीहरुले प्रत्येक शनिवार ‘विवाह’ को आयोजना गरी बालिकाहरुलाई रातो सारी लगाइदिन्थे र ब्याण्ड बाजाको म्युजिक बजाउँथे । त्यसपछि उनीहरुमाथि पानी छर्केपछि भिजेका लुगा जबरजस्ती खोल्न लगाइन्थ्यो । शनिबार दिउँसो श्रेष्ठ बालमन्दिरभित्र पस्न पाउने समयमा यस्तो घटना हुने गथ्र्यो जुन साँझ बालबालिकालाई ठमेलका भट्टीमा लगेर बेश्यावृत्तिका लागि तयार पारिन्थ्यो,” पीडित बालबालिकालाई उद्धृत गर्दै अधिकारकर्मीले बताए ।

बालबालिका संरक्षणको क्षेत्रमा काम गरिरहेको संस्था एक्सन फर राइट्स इन्टरनेशनल (एसीआर–इन्ट) ले सिआइबीमा बालबालिकामाथि यौन दुव्र्यवहार र बलात्कार भएको प्रमाणसहित उजुरी दिएको थियो । एसीआरले प्रस्तुत गरेका प्रमाणहरु पुनः चेकजाँच गरेपछि श्रेष्ठ र चालिसेलाई सिआइबीले पक्राउ गरेको हो ।

आफ्नो नाम बताउन नचाहने बेलायती महिलाले आफ्नी छोरीको दृष्टि यातनाका कारण गुमेको र उनीमाथि मानसिक आघात समेत परेको बताएकी छन् । “बालिकालाई कहिले रुखमा झुण्ड्याउने त कहिले खाल्डोमा घोप्ट्याएर यातान दिएको रहेछ,” उनले भनिन् ।

श्रेष्ठ र चालिसे दुवैले आरोप अस्वीकार गरेका छन् भने बालमन्दिरको सञ्चालक संस्था नेपाल बाल संगठनले उनीहरु दुवै बालमन्दिरसँग सम्बन्धित नभएको दाबी गरेकोे छ । यद्दपी बेलायती महिलाका अनुसार दृष्टिविहिन बालिकालाई धर्मपुत्री बनाउने क्रममा उनको श्रेष्ठसँग बारम्बार कर्मचारीकै हैसियतमा भेट भएको थियो ।

सिआइबीले यसबारेमा अनुसन्धान भइरहेको भन्दै थप प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।

श्रेष्ठ र चालिसेलाई अनुसन्धानका लागि अर्को एक हप्ताका लागि सिआइबीले अदालतबाट म्याद थप गराएको छ । उनीहरुलाई १९ असारमा अदालतमा पेश गरिनेछ ।

देशका विभिन्न स्थानका ११ बालमन्दिरमा करिब ६०० बालबालिका आश्रित छन् । बालमन्दिर सञ्चालनको जिम्मा पाएको संस्था बालसंगठन आफै बाल दुव्र्यवहार र भ्रष्टाचारको आरोपमा मुछिएको छ । अष्ट्रेलियन गैरसरकारी संस्था मित्रता फाउण्डेशनले सन् २०१० मा बालमन्दिर व्यवस्थापनको जिम्मेवारी लिन मञ्जुर भए पनि संगठनमा व्याप्त भ्रष्टाचार र अव्यवस्थाका कारण उसले हात झिकेको थियो ।

“दुर्भाग्यबस, नेपाल बालसंगठनमा ब्याप्त भ्रष्टाचारका कारण हामीले योजना रद्द गर्नुप¥यो, हामी आफै कसैलाई घुष नदिने मित्रताको साखलाई कायम राखेर सेवा दिन सक्छौं भन्नेमा विश्वस्त हुन सकेनौं,” एउटा अनलाइन पत्रिकाकामा संस्थाले भनेको छ ।

मूल अंग्रेजी संस्करणमा पढ्न यहाँ क्लिक गर्नुहोस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>