समाचारआइतबार, भाद्र ३१, २०६९

दलहरुबीच सहमति नहुँदासम्म राष्ट्रपतिले अध्यादेश जारी नगर्ने

हिमालखबर

एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी मोर्चाका शीर्ष नेतासँग यादवले दलहरुबीचको सहमतिमा मात्रै अघि बढ्ने प्रष्ट पारे । दलहरुबीच सहमति भएपछि मात्रै आफूले बाधा अड्काउ फुकाउको काम गर्ने राष्ट्रपतिले बताएको छलफलमा सहभागी नेताहरुले जानकारी दिए ।

राष्ट्रपतिले मुलुक गम्भिर संकटमा परेको भन्दै सहमति गरेर निकास दिन दबाब पनि दिएको एमाले अध्यक्ष झलनाथ खनालले जानकारी दिए । राष्ट्रपतिले मुलुकको संकट समाधानका लागि आफ्नो भूमिका र दलहरुको भूमिकाबारे सचेत गराउँदै चिन्ता व्यक्त गरेको एमाले अध्यक्ष झलनाथ खनालले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>