समाचारसोमबार, आषाढ १६, २०७१

नीति तथा कार्यक्रमप्रति सत्तारुढ कांग्रेसमै असन्तुष्टि

हिमालखबर

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा केन्द्रीय सदस्य एवम् सभासदले सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाएका हुन् । राजधानीमा १६ असारमा बसेको बैठकमा उनीहरुले सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै आवश्यक सुझाव दिएको कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिए ।

व्यवस्थापिका संसदमा १५ असारमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो ।

बैठकमा केन्द्रीय सदस्य एवम् सभासदहरूले नीति तथा कार्यक्रमले ऊर्जासम्बन्धी राष्ट्रिय प्राथमिकताका योजनालाई समेट्न नसकेको गुनासो गरे । हरेक जिल्ला र गाउँमा बजेट बाँडफाँड सन्तुलित तवरले हुुनुपर्ने माग गर्दै उनीहरुले प्राथमिकतामा परेको ठूला योजनामा लगानीकर्तालाई जानकारी हुने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएको बडुले जानकारी दिए ।

कार्यबाहक सभापति रामचन्द्र पौडेलको सभापतित्वमा पहिलोपटक बसेको बैठकले अमेरिकामा उपचार गराइरहेका प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य लाभको कामना गरेको छ । बैठकमा प्रधानमन्त्री कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी गराइएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>