समाचारमंगलबार, आषाढ १७, २०७१
दासानायकेलाई ल्याउन सरकारले सहयोग गर्नेः अर्थमन्त्री महत
सामाजिक सञ्जाल ट्विटरमा अर्थमन्त्री रामशरण महतले सरकारले क्रिकेट प्रशिक्षक पुवुदु दासानायकेलाई नगुमाउने उल्लेख गरेका छन् ।
“हाम्रो क्रिकेटको स्तर उकास्न कडा मेहनत गरेका कोच दासानायकेलाई गुमाउन हुँदैन,” महतले लेखेका छन्, “यदि क्यान टाट पल्टिएको हो भने सरकारले सहयोग गर्नुपर्छ ।”

१६ असारमा नेपाल क्रिकेट संघ (क्यान) ले आर्थिक संकटका कारण पुबुदुको करार थप्न नसकिने बताएको थियो । भने नेपाली क्रिकेट कप्तान पारसा खड्काले दासानायकेलाई फिर्ता नल्याइए आफूले क्रिकेट नखेल्ने बताएका थिए ।
“नेपाली क्रिकेटलाई अघि बढाउन चाहन्छौं भने हामीलाई कुनै मूल्यमा पनि पुबुदु चाहिन्छ,” पारसले फेसबुकमा लेखेका थिए, “यदि त्यसो भएन भने म नेपालका लागि खेल्दिनँ ।” उनले नेपाली क्रिकेटको आरोह अवरोहमा साथ दिने सबैलाई धन्यवाद पनि भनेका छन् ।
नेपाली राष्ट्रिय टोलीका कोचा श्रीलंकाली मुलका क्यानाडेली नागरिक पुबुदु दासानायकेको सम्झौता १६ असारमा सक्किएको छ । क्यानले सम्झौता नविकरण नगर्ने संकेत पाएका उनी यसअघि नै क्यानाडा फर्किसकेका छन् ।
