समाचारमंगलबार, आषाढ १७, २०७१

धर्नामा बसेका ५० पत्रकार पक्राउ

हिमालखबर

अदालतको अवहेलनासम्बन्धि विधेयक फिर्ता हुनुपर्ने र पत्रपत्रिकालाई दिइने लोककल्याणकारी विज्ञापनको भुक्तानी गर्न माग सहित अर्थमन्त्रालय अगाडि धर्नामा बसेका ५० जना पत्रकारलाई १७ असारमा प्रहरीले गिरफ्तार गरेको छ ।

नेपाल पत्रकार महासंघ काठमाण्डौ, ललितपुर र भक्तपुर शाखाको आह्वानमा गरिएको धर्नामा बसेका महासङ्घका केन्द्रीय सदस्यहरू ईश्वरी वाग्ले, रामहरि सिलवाल, राजु लामा, काठमाडौँ शाखाका अध्यक्ष गोविन्द चौलागाईं, ललितपुरका अध्यक्ष लेखनाथ न्यौपाने, पत्रकारहरू देवेन्द्र चूडाल, सीता शर्मा, यशोदा अधिकारी, रामकृष्ण अधिकारीलगायत लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जायज माग राखेर धर्ना बसेका पत्रकारलाई गरिएको पक्राउप्रति पत्रकारसम्बद्ध विभिन्न संस्थाले विरोध गर्दै उनीहरुको तत्काल रिहाईको माग गरेको छ । साथै समूहले पत्रकारमाथि गरिएको दुर्व्यवहारप्रति खेद प्रकट गर्दै यस्ता घटना भविष्यमा नदोहर्‍याउन पनि आग्रह गरेको छ ।

पत्रकाहरुले अदालतको अवहेलनासम्बन्धी विधेयक फिर्ता लिनुपर्ने साथै सरकारले लोककल्याणकारी विज्ञापनमा २५ प्रतिशत वृद्धि गरेको निर्णयको कार्यान्वयन गरिनुपर्ने र तत्काल भुक्तानी हुनुपर्ने माग राख्दै आन्दोलित भएका हुन् ।
पक्राउ परेका पत्रकारहरुलाई महानगरिय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>