समाचारमंगलबार, आषाढ १७, २०७१
रिहाना असुरक्षित, आगो लगाउने सासू र पतिलाई पक्राउ गर्न माग
रिहानाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेको थर्ड एलायन्स उपक्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुखसँग कुरा गर्दै रिहानाले पतिका घरका व्यक्तिले ज्यानमार्ने धम्की दिएकाले आमाबाबुको सुरक्षाका लागि पहल गरिदिन आग्रह गरेकी छन् ।
“नन्देभाइले फोनबाट ज्यान मार्ने धम्की दिएकाछन् मेरो आमाबुबाको ज्यानको सुरक्षा गर्दिनुहोस,” २० वर्षीया रिहानले भनिन्, “म मरेर बाँचेको मान्छेलाई अल्लाहबाहेक कसैले मार्न सक्दैन तर मेरा आमाबुबालाई घरमा आएर उनीहरुले मार्न सक्ने भएकाले सुरक्षा व्यवस्था गरिदिनुस् ।
रिहानाले आगोमा जिउँदै जलाउन प्रयास गर्ने सासू र श्रीमान्लाई प्रहरीले पक्राउ गर्न नसकेकामा चिन्ता व्यक्त गर्दै अपराधीहरुलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न पनि माग गरिन् ।
बाँके लक्ष्मणपुर–८ मियापुरकी रिहानालाई मोटरसाइकल र भैँसी दाइजो नल्याएको भन्दै उनकै पति र सासूले जलाएर मार्ने प्रयास गरेका थिए ।
शरीरको तल्लो भाग पूरै जलेकी उनलाई दुई दिन घरमै राखेर उपचारको बहानामा भारत बहराइच पु¥याएर घटना गुपचुप पारिएको थियो ।
उपचारका लागि वीर अस्पताल पुगेकी रिहानाले विभिन्न सङ्घसंस्थाको सहयोगमा उपचार गराएर आफ्नो माइती घर हिरमिनिया फर्केकी छन् । तीन महिनाभित्रै रिहाना सहज रुपमा हिँड्डुल गर्न पाउने विश्वास उपचारमा संलग्न डाक्टरहरुले दिलाएको बाबु समिम शेष ढपालीले बताएका छन् ।
यो पनि पढ्नुहोस:
पतिले दाइजो माग्दै गर्भवती पत्नी जलाए
