समाचारबिहीबार, आषाढ १९, २०७१

महाकाली नदीले तटबन्ध बगायो, खलंगामा त्रास

हिमालखबर

तटबन्ध बगाएपछि स्थानीय आनसिंह महर, वीरबहादुर कुँवर र रामसिंह कार्कीको घर उच्च जोखिममा परेको छ । नदीले तटबन्ध बगाएर कटान शुरु गर्न थालेपछि घर छाडेको स्थानीय वीरसिंह बडालले बताए ।

गएको वर्ष बाढीले क्षति गरेलगत्तै नेपाली सेनाले निर्माण गरेको कच्ची तटबन्ध गत १६ असार अपराह्न महाकालीमा आएको बाढीले बगाएको हो ।

नदीमा पानीको बहाव बढेसँगै खलङ्गा बजार नदी कटानको जोखिममा परेको छ ।

२ असार २०७० मा महाकली नदीको बाढीले खलंगाका सरकारी कार्यालय सहित ५५ घर बगाएको थियो भने एक महिलाको ज्यानसमेत गएको थियो ।

त्यसबेला स्थानीय अस्पताल, जनस्वास्थ्य कार्यालय, वन कार्यालय लगायतका ९ वटा सरकारी भवन, कालागाड जलविद्युत आयोजनासहित ५५ वटा घर–कार्यालय र आयोजना बगेका थिए भने करोडौंको धनमाल क्षति भएको थियो ।

एक वर्ष अगाडिको बाढीपछि पनि खलंगालाई जोगाउन पक्की तटबन्ध, पीडितलाई राहत लगायतका कामहरु अझै हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>