समाचारबिहीबार, आषाढ १९, २०७१
एमाले महाधिवेशनस्थल तनावग्रस्त, लाठी चार्ज
एमालेको महाधिवेशन स्थलभित्र कार्यकर्ताहरुले पनि प्रवेश पाउनु पर्ने माग गर्दै हलबाहिर तोडफोड र नाराबाजी गरेका छन् । यसैबीच स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको छ ।
महाधिवेशनस्थलमा रहेकी सहकर्मी देवकी बिष्टका अनुसार अहिले भृकुटीमण्डपको वातावरण तनावग्रस्त छ । आक्रोशित कार्यकर्ताहरु लाठी समातेर दौडँदै तोडफोड गरिरहेका छन् भने त्यहाँ बनाइएका तीनवटा स्वागत द्वार समेत भत्काएका छन् । यद्दपी हलभित्र उदघाटनको कार्यक्रम भने सुचारु नै छ ।
उदघाटनस्थलमा प्रहरीले सुरक्षाा दिइरहेको छ । हलभित्र पास पाएका निश्चित पत्रकारहरुलाई मात्र प्रवेश दिइएको छ ।
