समाचारआइतबार, आषाढ २२, २०७१

नेदरल्याण्ड्स सेमिफाइनलमा अर्जेन्टिनासँग भिड्ने

हिमालखबर

कोस्टारिकाका डिफेन्डर क्रिस्टियन गाम्बोआ (तल) र नेदरल्याड्सका फरवर्ड आर्जेन रोबेन । तस्वीरः एएफपी

ब्राजिलमा जारी विश्वकप फुटबलको चौथो क्वार्टर फाइनलमा नेदरल्याड्स र कोस्टारिकाबीच भएको खेलको अतिरिक्त समयमा समेत दुबै पक्षले कुनै गोल गर्न नसकेपछि पेनाल्टी शुटआउटमा कोस्टारिकालाई ४–३ ले हराउँदै नेदरल्याड्स सेमिफाइनलमा पुगेको छ ।

पेनाल्टी शुट आउटका क्रममा नेदरल्याण्डसका भान पर्सी, आर्जेन रोबेन, श्नाइडर र कुयटले गोल गरे । कोस्टारिकाका लागि बोर्गेस, गोन्जालेज र बोलानोसले गोल गरे तर रुइज र युमानाले भने गोल गर्न सकेनन् ।

पहिलो सेमिफाइनल नेपाली समयअनुसार २४ असार राति १:४५ बजे ब्राजिल र जर्मनी भिड्ने छन् भने दोस्रो सेमिफाइनल २५ असार राति नेदरल्याड्सले अर्जेन्टिनाको सामना गर्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>