समाचारसोमबार, आश्विन १, २०६९
अशोक राईले पार्टी खोले आफूहरुले सघाउने एमाओवादी नेताको भनाई
पूर्वमन्त्री समेत रहेका नेता किरातीले किरात राई पत्रकारसँग १ असोजमा कुराकानी गर्दै उपाध्यक्ष राईले पार्टी खोले आफूहरुले सहकार्य गर्ने बताएका हुन् । एमाओवादीको उक्साहटमा एमालेका जनजातिहरु असन्तुष्ट रहेको चर्चा चलिरहेकै बेला किरातीले नयाँ पार्टी खोल्न लागेकाहरुसँग आफ्नो निरन्तर सम्पर्क भईरहेको खुलासा समेत गरेका छन् ।
उपाध्यक्ष राईको नेतृत्वमा नयाँ पार्टी खोले आफ्नो सहयोग र शुभेक्षा रहने किरातीको भनाई थियो । मार्क्सवादी नीति तथा सिद्धान्तलाई अंगालेमा अशोक राईको पार्टी गोरेबहादुर खपाङ्गीको जस्तो नहुने उनको तर्क थियो । पहिचानसहितको संघीयता स्थापित नगरी कोही उम्कन नसक्ने उनको धारणा छ ।
किरातीले उत्पीडित जातिको अधिकार सुनिश्चित गर्ने आन्दोलनलाई जातीय साम्प्रदायिकताको गलत अर्थ लगाईएको बताए । राई पत्रकार संघले छुट्टै सशक्त मिडिया हाउस खोल्नु पर्ने किरातीको सुझाव छ ।
