समाचारआइतबार, आषाढ २२, २०७१

तलतल मेटाउन काठमाडौबाट रक्सौल

हिमालखबर

रोजगारीका लागि कतार जाने तयारीमा रहेका काठमाडौं कलंकीका सुमन र उनका साथी निजगढका सबिरलाई प्रहरीले २२ असारमा लागु औषधसहित पक्राउ गरेको छ ।

“भिजा आउन १०/१५ दिन बाँकी थियो,” प्रहरी हिरासतमा रहेका सुमनले भने, “म्यानपावरले २० दिनपछि कतार उड्ने भनेको थियो, कुलतका कारण बारामै बास हुने भो । ”

लागु औषध दुर्ब्यसनी आफ्ना दाइको लहलहैमा एक महिना अगाडि काठमाडौंमै एक डोज लिएका सुमन भन्छन, “फेरी अर्को डोज लिउँ जस्तो लाग्यो, उता २५०० पर्छ, त्यसैले रक्सौल (बीरगञ्ज नजिकैको भारतीय बजार) बाट १२० रुपैयाँमा किनेको थिएँ ।”

सुमनसँगै पक्राउ परेका उनका साथी बारा निजगढका सबिर भने दुई महिनाअघि मात्रै बैदेशिक रोजगारबाट फर्किएका व्यक्ति हुन् । “पहिले गाँजा मात्रै तानिन्थ्यो, एक महिना भयो अरु औषधि (लागुऔषध) लिन थालेको,” सबिरले भने ।

इलाका प्रहरी कार्यालय जीतपुरको टोलीले उनीहरु दुबैलाई लाई बाराको गढीमाई– ७ स्थित रातोपुल नजिकै नशामा लठ्ठिएर सड्क छेउमा लडेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

उनीहरुका साथबाट प्रहरीले डाइजापाम इन्जेक्शन १७ थान , फेनारगन इन्जेक्शन १५ थान र ब्युरोफेन इन्जेक्शन १७ थान बरामद गरेको छ ।
श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>