थप समाचारआइतबार, आषाढ २२, २०७१
तिहारका लागि मखमालीे माला तयार गरिंदै
तिहारमा प्रयोग हुने मखमली फूलको ब्यवसायिक खेति शुरु गरेका गुण्डुका किसानका खेतमा अहिले नै मखमली फूलेपछि उनीहरुले माला गाँस्न ब्यस्त भएका हुन् । मखमली फूल लामो समयसम्म नओउलाने भएकाले अहिले नै माला तयार गरी राखे पछि बेच्न सजिलो हुने कृषकहरु बताउँछन् ।
गुण्डुका कृषकले मकैबारीभित्र मखमली फूल खेती गरेर राम्रो आम्दानी लिने गरेको स्थानीय कृषक पविता नगरकोटीले जानकारी दिइन् ।
उनले भनिन् फागुनमा बीउ राखेपछि ढिलोमा वैशाख अन्तिम सातासम्म बेर्ना रोपिसक्नु पर्छ मध्य असारबाट फूल्न शुरु हुन्छ ।
फूलबाट राम्रो आम्दानी लिन सकिने भएकाले कृषकले एक घर बराबर १०÷१५ रोपनी जग्गामा मखमली फूल र मकैसँगै लगाउँदै आएका छन् ।
तिहारका बेला बजारमा लैजाँदा दुई घण्टा अगाडि पानी छर्केपछि फूल ताजा देखिने स्थानीय सुनिता रिसालले बताइन् ।
यस वर्षको तिहार कात्तिक ४ देखि ८ सम्म परेको भए पनि माला भने अहिलेदेखि नै तयार भइसकेको छ ।
शर्मिला पाठक/रासस
