समाचारमंगलबार, आषाढ २४, २०७१
खनालले नेपाललाई समर्थन गरेकोमा विश्वास छैनः ओली
एमाले संसदीय दलका नेता ओलीले अध्यक्षले खनालले आफूलाई पटकपटक वचन दिएकाले वरिष्ठ नेता नेपाललाई समर्थन गर्ने भनेर विश्वास नलागेको बताएका छन् । २४ असारमा महाधिवेशनस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, “नेतृत्व हस्तान्तरणका लागि खनालले पटकपटक वचन दिनुभएको छ, त्यसैले खनाल र नेपालको समीकरण बनेमा सहमतिका साथ नेतृत्व हस्तान्तरणका लागि मात्रै बन्न सक्छ ।”
उनले औचित्य, तर्क र न्यायका आधारमा नेतृत्व हस्तान्तरण हुनुपर्ने बताए । “मैले १५ वर्ष चलाएँ, अब २० वर्ष चलाउँछु भन्ने आधारमा नेतृत्व हस्तान्तरण गर्ने होइन,” उनले भने ।
खनालले स्वास्थ्यले साथ दिएमा आफूलाई समर्थन गर्नेबारेमा पटकपटक वचन दिएको बताउँदै उनले पछिल्ला दिनमा पनि कुराकानी भइरहेको स्पष्ट पारे । उनले इतिहासलाई फर्काउन नहुने भन्दै प्रतिनिधि नेतृत्व हस्तान्तरणका पक्षमा रहेको जिकिर गरे
रासस
