थप समाचारबुधबार, आषाढ २५, २०७१

यसवर्ष पानी कम पर्ने

हिमालखबर

इलनिनो (प्रशान्त महासागारको सतहमा तापक्रम र हावाको चाप बढ्न गई त्यस्ले विश्व जलवायुमा पार्ने असर) को प्रभावले मनसुन सक्रिय हुन नसक्दा यसवर्षको मनसुनी वर्षा दशदिन ढिलो गरी १० जुनमा सक्रिय भएको, सक्रिय भएपछि पनि मध्य तथा पश्चिम नेपालमा सक्रिय हुन १४ दिन लागेको र जेठ–असार (जुन– जुलाई) महिनामा कम वर्षात् भएको विभागले जानकारी गराएको छ ।

जल तथा मौसम विज्ञानसम्बन्धी जानकारी दिन काठमाडौंमा आयोजित छलफलमा विभागका उपमहानिर्देशक शिव नेपालले यस वर्ष अघिल्ला वर्षभन्दा नेपालमा कम वर्षा हुने विश्व मौसम सङ्गठनले आँकलन गरेको र विभागको आँकलन पनि यही नै रहेको बताए ।

“पश्चिमी वायुको प्रभाव बढी रही पूर्वीय वायुलाई रोकेको कारण यस वर्ष कम मनसुन सक्रिय हुन्छ र सक्रिय हुने समय पनि कम हुन्छ,” उपमहानिर्देशक नेपालले भने ।

नेपालमा जुन, जुलार्ई, अगष्ट, सेप्टेम्बर महिनालाई मनसुन सक्रिय हुने र अक्टुबर महिनालाई मनसुन फर्किने महिनाका रुपमा लिने गरिन्छ ।

सन् २००३ देखि २०१३ सम्मको आँकडालाई केलाउँदा मनसुन शुरु हुने र फर्किने सयममा परिवर्तन भइराखेको विभागले उल्लेख गरेको छ ।

उपमहानिर्देशक नेपालले विभागअन्तर्गत विभिन्न स्थानमा रहेका १३ वटा स्टेसनले देखाएको आँकडामा यस वर्षको मनसुनी वर्षा सरदरभन्दा कम रहेको देखाएको जानकारी दिए ।

भू–मध्य रेखीय प्रशान्त महासागरमा करिब सात वर्षको अन्तरालमा इलनिनोको प्रभाव देखिने गर्दछ । आकाशे पानीमा निर्भर गर्नुपर्ने नेपालको कृषि प्रणाली भएकाले कम वर्षातले कृषि क्षेत्रमा नकारात्मक असर पर्न सक्ने विभागले प्रक्षेपण कार्यक्रममा गरेको छ ।

वर्षा नभएका कारण पश्चिम नेपाललगायत अन्य ठाउँमा तापक्रम सरदरभन्दा बढी रहेको विभागले जनाएको छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>