समाचारबिहीबार, आषाढ २६, २०७१
नेपाल र ओलीको उम्मेदवारी दर्ता
नेकपा एमालेको काठमाडौंमा जारी महाधिवेशनमा माधवकुमार नेपाल र केपी शर्मा ओलीले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
नेपालको प्रस्तावकमा नितेषनन्दन मिश्र र समर्थकमा रामकुमार भट्टराई छन् । त्यसैगरी ओलीको प्रस्तावकमा कृष्णगोपाल श्रेष्ठ र समर्थक अग्नि खरेल छन्। माधवकुमार नेपाल पक्षमा रहेको भनिएका श्रेष्ठ दुई दिन अघिमात्रै केपी ओलीको पक्षमा देखापरेका हुन्।
पदाधिकारीहरुको मनोनयन् दर्ताका लागि दिउँसो २:३० बजेसम्मको समय तोकिएको छ ।
२७ असार विहान ८ बजेदेखि साँझ ५ बजेसम्म नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ ।
