समाचारबिहीबार, आषाढ २६, २०७१

सार्वजानिक संस्थानमा लगानी, बालुवामा पानी

हिमालखबर

अर्थ मन्त्रालयले २६ असारमा सार्वजानिक गरेको सार्वजानिक संस्थानहरुको वार्षिक समीक्षा स्थिति २०७१ ले १९ संस्थान मात्र खुद नाफामा सञ्चालनमा रहेको देखाएको छ ।

गत आर्थिक वर्ष २०६९/७० मा सार्वजानिक संस्थानहरुले गरेको कारोबारका आधारमा मन्त्रालयले यस्तो विवरण तयार पारको हो । आर्थिक वर्ष २०६८/६९ मा १५ सार्वजानिक संस्थान मात्र नाफामा र २१ संस्थान घाटामा रहेकोमा यो वर्ष सार्वजानिक संस्थानको स्थितिमा सुधार आएको देखिएको छ ।

गत आर्थिक वर्षसम्ममा सार्वजानिक संस्थानहरुको खुद सञ्चित नोक्सानी २० अर्ब ६१ करोड ९४ लाख पुगेको छ ।

नेपाल आयल निगमको २४ अर्ब ५४ करोड, विद्युत प्राधिकरणको १४ अर्ब ४३ करोड, राष्ट्रिय वाणिज्य ब्यांकको ११ अर्ब ५३ करोड, नेपाल खाद्य संस्थानको १ अर्ब १८ करोड, नेपाल वायुसेवा निगमको १ र्अ १० करोड सञ्चित नोक्सान छ ।

तर, नेपाल दुरसञ्चार कम्पनी, नागरिक उड्डयन प्राधिकरण, नागरिक लगानी कोष, कृषि विकास ब्यांक भने १ अर्बभन्दा धेरै सञ्चित नाफामा छन् ।

संस्थानको वार्षिक समीक्षा प्रतिवेदनले कतिपय संस्थानहरुले सरकारलाई उपलब्धिभन्दा पनि दायित्व थोपर्ने काम गरिहेको र सार्वजानिक संस्थानमा सरकारले गरेको लगानी बालुवामा पानी हालेजस्तो भएको उल्लेख गरेको छ ।

ऋघिल्लो वर्ष रु. ३ अर्ब ४९ करोड ६० लाख खुद घाटामा रहेका संस्थानहरु गत वर्ष भने ११ अर्ब ४० करोड ५ लाख खुद नाफामा पुगेका छन् ।

विद्युत प्राधिकरण र नेपाल आयल निगमको खुद नोक्सान घटेको तथा वायुसेवा निगम, कृषि विकास ब्यांक, कृषि सामाग्री कम्पनी, निक्षेप तथा कर्जा सुरक्षण निगम आदिको खुद मुनाफा बढेका कारण संस्थानहरुको कुल वित्तीय अवस्थामा सुधार देखिएको हो ।

सञ्चालनमा रहेका सार्वजानिक संस्थानहरुमा सरकारको कुल शेयर लगानी रु. १ खर्ब ७ अर्ब ६६ करोड ३८ लाख र ऋण लगानी १ खर्ब ६ अर्ब ५० करोड १७ लाख पुगेको छ ।

यो अघिल्लो वर्षका तुलनामा क्रमशः ५.१३ र ५.२० प्रतिशत बढी हो । गत वर्ष सरकारलाई सार्वजानिक संस्थानको लगानीबाट ६ अर्ब ९९ करोड २ लाख लाभाशं प्राप्त भएको छ जुन सरकारी शेयर लगानीको जम्मा ६.४९ प्रतिशत हो ।

अर्थात सरकाले सार्वजानिक संस्थानमा रु. १ सय लगानी गरेर रु. ६.४९ मात्र लाभांश पाइरहेको छ ।

रमेशकुमार

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>