समाचारशुक्रबार, आषाढ २७, २०७१
काठमाडौंका सहायक जिल्ला न्यायाधीवक्ताविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियारले घुस लिएको आरोपमा काठमाडौंका सहायक जिल्ला न्यायधीवक्ता रामबहादुर थापा र नायव सुब्बा केदारप्रसाद अर्यालविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध २७ असारमा विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
उनीहरुले मिलेमतोमा चोरी मुद्दामा पक्राउ परेका थुनुवासँग रु.२५ हजार घुस लिएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए ।
चोरी मुद्दामा पक्राउ परी अनुसन्धानको सिलसिलामा महानगरीय प्रहरी परिसर हनुमानढोकामा थुनामा रहेका एक थुनुवाको मुद्दा मिलाइदिने सर्तमा उनीहरुले घुस लिएको अख्तियारको ठहर छ ।
उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार हदैसम्म सजायको माग दावी गरिएको सापकोटाले बताए ।
