समाचारशनिबार, आषाढ २८, २०७१

चिठी–पत्र घटे, पुलिन्दा बढे

हिमालखबर

केन्द्रीय हुलाक कार्यालय सुन्धाराका अनुसार मासिक करिब १३÷१४ हजार पुलिन्दा बाहिरबाट भित्रिने गर्दछन् भने यहाँबाट करिब ८/९ सय पुलिन्दा बाहिर जाने गरेका छन् ।

कार्यालयका वरिष्ठ अधिकृत भीमबहादुर कुँवरले आधुनिक सञ्चार प्रविधिका कारण चिठीपत्रको मौलिकता पछिल्लो समय कम हुँदै गएको भए पनि पुलिन्दाको आदानप्रदान भने क्रमशः बढ्दै गएको बताए ।

हुलाकबाट चिठीपत्रमार्फत सूचना आदानप्रदान गर्ने क्रम पछिल्लो समय टेलिफोन, इमेल, इन्टरनेटको प्रयोगले गर्दा हराउँदै गएको उल्लेख गर्दै उनले भने, “नेपालीहरु विदेशिने क्रम बढेकाले उनीहरुले पुलिन्दामार्फत बस्तु तथा उपहार हुलाकबाट आदानप्रदान गरिरहेका छन् ।”

हुलाकमार्फत आन्तरिकभन्दा बाह्य पुलिन्दाको आदानप्रदान बढी हुने गरेको छ । कार्यालयका अनुसार प्रत्येक देशमा सामान पठाउँदा सामानको तौलअनुरुप फरकफरक महसुल तिर्नुपर्ने हुन्छ ।

पुलिन्दाको आदानप्रदान इजरायल, जापान, दुवई, रसिया, अस्टे«लिया, चीनलगायतका देशमा बढी हुने गरेको कार्यालयले जनाएको छ ।

कार्यालयका कर्मचारी धर्मराज भट्टले बाह्य देशबाट सामान आउँदा हवाई मार्गबाट छिटो आइपुग्ने भएकाले उक्त माध्यमबाट बढी आयात तथा निर्यात हुने गरेको जानकारी गराए ।

हुलाकमा सामान आउने दिनमा नै त्यहाँका कर्मचारीले सम्बन्धित व्यक्तिको सम्पर्क नम्बरमा सम्पर्क गरेर सामान लिन आउने जानकारी गराउनुपर्ने प्रावधान छ ।

सूचना पाएको एक हप्ताभित्र सम्बन्धित व्यक्तिले सामान लिन आएमा कुनै पनि महसुल तिर्नु नपर्ने र तोकिएको समयभन्दा लामो समयसम्म सामान लिन नआएमा गोदाम शुल्कमार्फत केही रकम तिर्नुपर्ने कार्यालयले जनाएको छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>