समाचारशनिबार, आषाढ २८, २०७१

माओवादी अध्यक्ष दाहाल भन्छन्, ‘मर्न तयार छु’

हिमालखबर

राजधानीमा २८ असारमा विभिन्न सात दल सम्मिलित ‘पहिचानमा आधारित संघीय गठबन्धन’ घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले उत्पीडित उपेक्षित, आदिवासी जनजाति, दलित, महिला, मधेशीको अधिकारमा कुनै सम्झौता नगर्ने बताएका हुन । पहिचानमा आधारित संघीयताका लागि आफू मर्न पनि तयार रहेको उनको भनाई थियो । दाहालले भने, ‘मर्न परे मर्छु, जेल जान परे जान्छु तर अधिकारको विषयमा कुनै सम्झौता गर्दिन ।’

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले आफूलाई भौतिक रुपमै सिध्याउने कसरत भईरहेको समेत दाबी गरे । कुन समूहले, किन सिध्याउन लागेको हो भन्ने कुरा भने उनले कार्यक्रममा खुलाएनन् ।

दाहालको आतिथ्यतामा घोषणा गरिएको गठबन्धनमा संविधानसभा भित्रका चार र बाहिरका तीन आदिवासी जनजाति पक्षधर दल सम्मिलित छन् । गठबन्धनमा भएका मध्ये राष्ट्रिय जनमुक्ति पार्टी, थरुहट तराई पार्टी नेपाल, नेपाः राष्ट्रिय पार्टी र खम्बुवान राष्ट्रिय मोर्चा संविधानसभा भित्रका दल हुन भने मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, सामाजिक लोकतान्त्रिक पार्टी र आदिवासी जनजाति पार्टी संविधानसभामा छैनन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>