समाचारसोमबार, आषाढ ३०, २०७१
घुस लिंदै गरेका तीन इन्जिनियर अख्तियारद्वारा पक्राउ
निर्माण व्यवसायीसँग घुस मागेपछि उनीहरुको सुराककोे आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मध्यमाञ्चल सिँचाइ विकास डिभिजन कार्यालय भरतपुरका इञ्जिनियरहरु मधुप्रसाद अधिकारी, रामभद्र पण्डित र चक्रपाणी चालिसे साथै लेखा अधिकृत ऋषिभक्त तिमल्सिनालाई घुस लिंदै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ ।
काठमाडौंबाट आएको टोलीले उनीहरुलाई रु दुई लाख २८ हजार घुस लिँदालिँदै ३० असारमा नियन्त्रणमा लिएको हो ।
रासस
