समाचारमंगलबार, आषाढ ३१, २०७१
एमालेमा चौंथो बुथको मतगणना शुरु
राजधानीस्थित दशरथ रंगशालामा तेस्रो दिन ३१ असारमा मतगणना शुरु भएको छ । ३० असार राति स्थगित भएको मतगणना ३१ असार बिहानदेखि शुरु भएको हो ।
अहिले चौंथो बुथको मतगणना शुरु भएको योगेश भट्टराईले जानकारी दिए । एमालेमा चौंथो बुथको मतलाई निर्णायक मानिएको छ ।
३० असार रातिसम्मको मतगणना अनुसार अध्यक्षमा माधवकुमार नेपालले ६४१ र केपी शर्मा ओलीले ५९४ मत ल्याएका छन् ।
पछिल्लो मत परिणामः
अध्यक्ष
केपी ओली————– ५९४ माधव नेपाल———६४१
उपाध्यक्ष
वामदेव गौतम———–६३६ भीम रावल————-६९०
विद्या भण्डारी————६२० युवराज ज्ञवाली———–६८७
प्रदीप नेपाल————-५६१ अष्टलक्ष्मी शाक्य——–६७३
धर्मनाथप्रसाद साह——-५३९ लालबावु पण्डित———६५८
किरण गुरुङ————–-५७२ राजेन्द्रप्रसाद पाण्डे——-६६३
महासचिव
ईश्वर पोखरेल————५८७ सुरेन्द्र पाण्डे———–६६२
उपमहासचिव
विष्णु पौडेल————-६१८ रघुजी पन्त———–६३२
शंकर पोखरेल————५९१ घनश्याम भुसाल——६९४
सचिव
प्रदीप ज्ञवाली————६४२ गोकर्ण विष्ट———–७७६
विष्णु रिमाल————५७१ योगेश भट्टराई——–६८७
पृथ्वी सुब्बा गुरुङ——–५८२ बेदुराम भुसाल———६३१
रघुवीर महासेठ———-५३२ पर्शुमेघी गुरुङ———-६६२
केशवलाल श्रेष्ठ———-५०५ भीम आचार्य———–६६४
एमालेमा १४ पदाधिकारीसहित १५८ सदस्यका लागि ३३५ जना चुनावी प्रतिस्पर्धामा छन् । माधवकुमार नेपाल र केपी शर्मा ओलीको प्यानलबीच तीब्र प्रतिस्पर्धा छ । १७ जना स्वतन्त्र उम्मेदवार छन् । निर्वाचनमा २ हजार १७६ जना प्रतिनिधिमध्ये २ हजार १५२ जनाले मतदान गरेका थिए ।

