समाचारमंगलबार, आषाढ ३१, २०७१
पूर्व युवराज पारस थाइल्याण्डमा गाँजासहित पक्राउ
थाइल्याण्डस्थित नेपाली दूतावास स्रोतका अनुसार पारस शाहलाई प्रहरीले थाइल्याण्डको सकुम्भितस्थित डेभिस होटेलबाट दुई पोका गाँजा सहित २६ असारमा पक्राउ गरेको हो ।
पारस शाह पक्राउ परेको बारेमा दूतावासले नेपाली परराष्ट्र मन्त्रालयलाई जानकारी गराईसकेको पनि स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार शाह अहिले सुकुम्भितमा प्रहरी हिरासतमै छन् । उनले गाँजा राख्नुको कारणबारे अनुसन्धान गरी स्थानीय ‘क्रिमिनल कोर्ट’मा उपस्थित गराइने छ ।
