समाचारमंगलबार, आषाढ ३१, २०७१

एमाले अध्यक्षमा केपी ओली निर्वाचित

हिमालखबर

नेकपा एमालेको नवौं‌ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट अध्यक्षमा केपी शर्मा ओलीले १०४७ मत प्राप्त गरी विजयी भएका छन् । अध्यक्ष पदका अर्का प्रत्यासी माधवकुमार नेपालले १००३ मत प्राप्त गरे ।

उपाध्यक्षमा वामदेव गौतम, भीम रावल, विद्या भण्डारी, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य निर्वाचित भएका छन् । रावल, ज्ञवाली र शाक्य नेपाल समूहका हुन् भने गौतम र भण्डारी ओली समूहका हुन् ।

त्यसैगरी महासचिवमा १०३६ मत ल्याएर इश्वर पोखरेल (ओली समूह) निर्वाचित भएका छन् । पोखरेलका प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले १०३० मत प्राप्त गरे ।

उपमहासचिवमा विष्णु पौडेल (ओली समूह) र घनश्याम भुसाल (नेपाल समूह) निर्वाचित भएका छन् ।

सचिवमा प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, पृथ्वी सुब्बा गुरुङ, योगेश भट्टराई र भीम आचार्य निर्वाचित भएका छन् । विष्ट, भट्टराई र आचार्य नेपाल समूहका हुन् भने ज्ञवाली र गुरुङ ओली समूहका हुन् ।

केपी ओली

२०२२ सालदेखि कम्यूनिष्ट राजनीति शुरु गरेका केपी शर्मा ओलीको जन्म ११ फागुन २००७ मा झापामा भएको हो ।  २०२८ सालको झापा बिद्रोहको नेतृत्व गर्ने नेताहरु मध्ये एक ओलीले १४ बर्ष जेल जीवन बिताएका छन् ।

प्रमाणपत्र तहसम्मको अध्ययन गरेका ओली २०४८ सालको संसदीय चुनावमा झापा–६ बाट पहिलो पटक निर्वाचित भएका थिए ।

२०५१ र २०५६ मा पनि झापा–६ बाटै निर्वाचित भएका उनी २०५१ सालमा एमालेको अल्पमतको सरकारमा गृहमन्त्री भए ।

२०६४ सालमा भएको संविधानसभा निर्वाचनमा झापा–७ बाट  पराजित भए पनि त्यसपछि २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा भने ओली विजयी भए ।

२०४९ सालमा नेकपा एमालेको स्थायी कमिटी सदस्य भएका उनी  २०६३ मा उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका थिए ।
एमालेको बुटवल अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका ओली त्यसबेला निवर्तमान अध्यक्ष झलनाथ खनालसँग पराजित भएका थिए ।

हाल उनी एमाले संसदीय दलको नेतासमेत हुन् ।

प्राप्त मत:

पदओली समूहमतमतनेपाल समूह
अध्यक्षकेपी ओली१०४७ (निर्वाचित)१००३माधव नेपाल
उपाध्यक्ष(५ जना)वामदेव गौतम११२४ (निर्वाचित)११४३ (निर्वाचित)भीम रावल
विद्या भण्डारी११०० (निर्वाचित)१०६२ (निर्वाचित)युवराज ज्ञवाली
प्रदीप नेपाल१००८१०४७ (निर्वाचित)अष्टलक्ष्मी शाक्य
धर्मनाथ साह९२३९९८लालबावु पण्डित
किरण गुरुङ९९५१०३१राजेन्द्रप्रसाद पाण्डे
महासचिवईश्वर पोखरेल१०३६ (निर्वाचित)१०३०सुरेन्द्र पाण्डे
उपमहासचिव(२ जना)विष्णु पौडेल१०८२ (निर्वाचित)१०९७ (निर्वाचित)घनश्याम भुसाल
शंकर पोखरेल१०३७९६९रघुजी पन्त
सचिव(५ जना)प्रदीप ज्ञवाली११५५ (निर्वाचित)१२७० (निर्वाचित)गोकर्ण विष्ट

पृथ्वी सुब्बागुरुङ

१०२९ (निर्वाचित)१०८५ (निर्वाचित)योगेश भट्टराई
विष्णु रिमाल९९७१०३५ (निर्वाचित)भीम आचार्य
रघुवीर महासेठ९२८१०१५पर्शुमेघी गुरुङ
केशवलाल श्रेष्ठ९२२९९७बेदुराम भुसाल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>