समाचारबिहीबार, आश्विन ४, २०६९
महिला हिँसा अन्त्यका लागि मानसिकतामै परिवर्तन आवश्यकः भसिन
सन्चारिका समूहलगायतका संस्थाहरुले ७ असोजमा आयोजना गर्न लागेको महिला हिँसाविरुद्धको ‘उर्लंदो सय करोड’ नामक भेलाको पूर्व तयारीका रुपमा आयोजित पत्रकार सम्मेलनमा भसिनले उक्त कुरा बताएकी हुन् । तीन दशकभन्दा बढी समय दक्षिण एसियाली महिलाको अधिकार रक्षा गर्ने अभियानमा बिताएकी भसिनले महिला हिँसाको प्रमुख कारण पितृसत्तात्मक र पूँजीवादी सोच भएको बताइन् ।
कार्यक्रममा भसिनले भनिन,’अहिलेको महिला आन्दोलन पुरुष र महिलाबीचको नभई दुई मानसिकता बीचको हो । हिँसा अन्त्यका लागि मानिसको मानसिकतामा परिवर्तन ल्याउनु पर्दछ ।’ विज्ञापनमा महिलालाई मनोरन्जनको साधनको रुपमा प्रयोग गरिएको उनको बुझाइ छ ।
सबै प्रकारका हिँसाको अन्त्य गर्न सामाजिक भेला जरुरी भएको बताउँदै ‘उलर्ंदो सय करोड’ अभियानलॆ महिला हिँसा अन्त्य गर्न महत्वपूर्ण योगदान दिने उनले दावी गरिन् । भेलामा दक्षिण एसियाका ८ देश र वर्मासमेतका महिला सहभागी हुने छन् ।
कार्यक्रममा सन्चारिका समूहकी अध्यक्ष निर्मला शर्मा, अधिवक्ता सपना प्रधान मल्ल लगायतले मन्तव्य व्यक्त गरेका थिए । अभियानमा दक्षिण एसियाली महिला अधिकारवादीहरुको सन्जालमा आवद्ध नेपालका करीब २५ संघसंस्थाले सहभागिता जनाउने छन् ।
मीना शर्मा
