थप समाचारबुधबार, आषाढ ३२, २०७१

मलेशियास्थित नेपाली दूतावास आइतबार पनि खुल्ने

हिमालखबर

मलेशियास्थित नेपाली राजदूतावास आगामी १६ साउनदेखि आइतबार पनि खुला रहने क्वालालम्पुरबाट मलेशियाका लागि नेपाली राजदूत डा निरञ्जनमानसिंह बस्न्यातले बताएका छन् ।

“पूरानो पासपोर्टलाई एमआरपीले प्रतिस्थापन गर्न सेवाग्राहीलाई सहज होस् भनेर हामीले आइतबार पनि सेवा प्रवाह गर्ने निर्णय गरेका हौं,” उनले भने, “यहाँ कार्यरत नेपालीलाई आइतबार बिदा हुन्छ, बिदाका दिन उनीहरुलाई सेवा प्राप्त गर्न सजिलो हुनेछ ।”

सन् २०१५ को नोभेम्बर सम्म सबै हस्तलिखित राहदानी (पासपोर्ट) को सट्टामा मेशिन रिडेबल पासपोर्ट ९एमआरपी० जारी गरिसक्नुपर्ने भएकोले आइतबार विशेष गरि पासपोर्ट सम्बन्धी कार्य र मलेशियामा अलपत्र परेका नेपालीहरुलाई यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) जारी गर्ने सम्बन्धी कार्य मात्र गरिने दूतावासले जनाएको छ ।

शुक्रबार र शनिबार भने दूतावास बन्द हुने जानकारी दिँदै राजदूत बस्न्यातले आइतबार दूतावास सञ्चालन गरेपछि नेपालीलाई दूतावासबाट एमआरपी प्राप्त गर्न सजिलो हुने बताए । यसअघि दूतावास सोमबारदेखि शुक्रबारसम्म खुला रहँदै आएकोमा अब आइतबारदेखि बिहीबारसम्म सञ्चालन हुनेछ ।

हाल मलेसियामा पाँच लाखको हाराहारीमा नेपाली कार्यरत छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>