समाचारबिहीबार, साउन १, २०७१

प्रधानमन्त्री ६ साउनमा स्वदेश फर्कने

हिमालखबर

उपचारपछि निको भएका प्रधानमन्त्री कोइराला ६ साउनमा स्वदेश फर्किने भएका हुन् । उनको अमेरिकाको न्यूयोर्कस्थित स्लोन मेमोरियल केटरिङ सेन्टरमा क्यान्सरको उपचार भएको थियो ।

तस्वीरः मृदुला कोइरालको फेसबुकबाट

उनी ६ साउन राति काठमाडौं आइपुग्ने कार्यक्रम रहेको नेपाली कांग्रेसका मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिएका छन् । तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ प्रधानमन्त्री सुशील कोइराला अमेरिकाको न्यूयोर्क स्थित स्लोन मेमोरियल केटरिङ सेन्टरमा उपचार पश्चात स्वास्थ्य लाभ गरी यही २०७१ श्रावण ६ गते (तदनुसार जुलाई २२, २०१४) राति ८:०५ बजे इतिहाद एयरलाइन्सको उडानद्वारा काठमाडौँ आउनु हुने कार्यक्रम रहेको छ ।”

प्रधानमन्त्री कोइराला उपचारका लागि २ असारमा अमेरिका प्रस्थान गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>