थप समाचारबिहीबार, साउन १, २०७१

चार वर्षमा २२ लाख एमआरपी जारी

हिमालखबर

राहदानी विभागले सन् २०१० डिसेम्बर देखि अहिलेसम्म २२ लाख एमआरपी जारी गरेको जनाएको छ । विभागले जारी गरेका एमआरपीमध्ये १ हजार ६३० कुटनीतिक, ९ हजार १७० विशेष, २१ लख ८३ हजार ७९३ थान साधारण राहदानी र ८२९ थान यात्रा कागजात (ट्राभल डकुमेन्ट) रहेको छ ।

एमआरपीबाट गत वर्ष मात्र रु.४ अर्ब ४० करोड राजश्व संकलन गरेको विभागका महानिर्देशक रमेशप्रसाद खनालले जानकारी दिए । आर्थिक वर्ष २०६९/०७० मा रु.३ अर्ब ९१ करोड राजश्व संकलन भएको उनले बताए ।

राहदानी नियमावली संशोधनका लागि मस्यौदा मन्त्रिपरिषदमा पेश गरिसकेको जानकारी दिँदै खनालले राहदानी लिन चाहने सेवाग्राहीको सुविधालाई दृष्टिगत गरी प्रत्यक्ष आवेदन दर्ता प्रणाली लागू गर्न क्रियाशील रहेको बताए । तर, उनले सीमित भौतिक एवम् आर्थिक स्रोत र साधनका कारण सेवाग्राहीलाई पूर्ण सन्तुष्टि प्रदान गर्ने गरी राहदानी वितरण गर्न नसकिएको स्वीकार गरे ।

अन्तर्राष्ट्रिय नागरिक उड्डन सङ्गठन (आइकाओ) को प्रावधानअनुसार सन् २०१५ को नोभेम्बर २४ सम्ममा एमआरपी जारी गरिसक्नुपर्ने बाध्यात्मक अवस्थालाई दृष्टिगत गरी विदेशस्थित नेपाली नियोगलाई हालको पाँचदिने कार्यालय दिनलाई छ दिनमा बढाउन पत्राचार गरिसकेको उनले जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>