समाचारशुक्रबार, आश्विन ५, २०६९
सरकारले मार्ग प्रशस्त गर्नुको विकल्प छैन : नेपाल
गणेशमान सिंहको १५ औँ स्मृति दिवसका अवसरमा ५ असोजमा गणेशमान सिंह केन्द्रद्वारा टोखामा आयोजित स्मृतिसभालाई सम्बोधन गर्दै उनले मुलुकको सङ्क्रमणकाल लम्ब्याउने गरी सत्तामा रहिरहनु शोभनीय नभएको वताएका हुन् । उनले दलहरुबीच सहमतिको प्रयास भइरहेको र सङ्कट अन्त्यका लागि कुनै न कुनै उपाय निस्कने आशा व्यक्त गर्दै मुलुकको सङ्कट मोचनका लागि सरकारको बहिर्गमन नै पहिलो सर्त भएको स्प्ष्ट पारे ।
वरिष्ठ नेता नेपालले वर्तमान राजनीतिक मैदानमा गणेशमानजस्तो पदलोलुपतामा नलाग्ने एउटा निःस्वार्थी र कर्मठ राजनेताको अभाव खट्किरहेको टिप्पणी पनि गरे ।
कार्यक्रममा नेपाली कांगे्रस महामन्त्री प्रकाशमान सिंहले राष्ट्रिय सहमतिको सरकार गठन भएपछि मात्र अन्य मुद्दाले निकास पाउने टिप्पणी गर्दै त्यसका लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्काल सत्ताबाट बाहिरिनुपर्नेमा जोड दिए । उनले सत्तालाई सर्वोपरी ठानेर गरिने राजनीति कहिल्यैपनि टिकाउ नहुने वताए ।
सो अवसरमा गणेशस्थानस्थित गणेशमानको शालिक परिसरमा एमालेका वरिष्ठ नेता नेपालले रुद्राक्ष र काँगे्रस महामन्त्री सिंह र केन्द्रीय सदस्य नरहरी आचार्यले कपुरको बिरुवा रोपेका थिए । रासस
