थप समाचारशुक्रबार, साउन २, २०७१

युवतीमाथि सामूहिक बलात्कार

हिमालखबर

कञ्चनपुरकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले भीमदत्त नगरपालिका भगतपुरका दीपक चौधरी, रमेश चौधरी, चन्द्रकान्त पन्त र युवतीका प्रेमी भनिएका सुरेन्द्र भट्टलाई पक्राउ गरेको छ ।

युवतीका कथित प्रेमीले आफ्नो कोठामा बोलाएर सामूहिक बलात्कार गरेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।

पीडितको बयानका आधारमा १ साउन राति २ बजे चारै जनालाई पक्राउ गरी अनुसन्धान थालिएको उनले बताउनुभयो ।

बलात्कृत किशोरी भगतपुरमा डेरा गरी बस्दै आएकी थिइन् । पक्राउ परेका चारै जनाले बाटोमा हिँडिरहेका बेला प्रहरीले बिनाकारण पक्राउ गरी हिरासतमा राखेको बताएका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>