समाचारशनिबार, साउन ३, २०७१

कालीगण्डकी नदीको बीचबाट बालकको उद्धार

हिमालखबर

म्याग्दी सदरमुकाम बेनीको खुलामञ्च नजिकै नदीले बगाएर ल्याएको दाउरा छोप्ने क्रममा खोलाको बीचमा पुगेर फर्कन नसकी ढुंगा समातेर ज्यान जोगाएका ११ वर्षीय बालक सरोज नेपालीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ ।

जिल्लाको पिप्ले–५ घर भई पर्वत बेनीमा बस्दै आएका बालक बिहान ९ः४५ बजे खोलामा फसेका थिए ।

उनलाई तत्कालै जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान सूर्यबहादुर थापा र कृष्ण श्रेष्ठले डोरीको सहायताले नदीको बीचभागबाट उद्धार गरेको प्रहरी सहायक निरीक्षक तीजबहादुर केसीले जानकारी दिए ।

दाउरा समात्न खोज्दा नदीको बहावले बीचभागमा पु¥याइएका उनले त्यहीँ रहेको ढुङ्गामा उभिएर ज्यान जोगाएका थिए । अविरल वर्षाका कारण अहिले म्याग्दी नदीको बहाव बढेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>