समाचारशनिबार, साउन ३, २०७१
क्यासिनो छिट्टै सञ्चालनमा आउनेः अर्थमन्त्री महत
युएनआईको चौथो सम्मेलनको ३ साउनमा राजधानीमा उद्घाटन गर्दै अर्थमन्त्री रामशरण महतले कर्मचारीको रोजीरोटी जोगाउन सरकार क्यासिनो व्यवसायीसँग छिट्टै वार्ता गरी टुङ्गोमा पुग्ने जानकारी दिएका छन् ।
युएनआई श्रमिकहरूको सबैभन्दा ठूलो संस्था हो । हाल विश्वका १५० राष्ट्रका ९०० टे«ड युनियन यस संस्थामा आबद्ध छन् ।
गत वर्षदेखि क्यासिनो सञ्चालकहरूले पुरानो (कर) बक्यौता र उचित कर नतिरेको भन्दै सरकारले क्यासिनो बन्द गरेको छ ।
सरकारले क्यासिनो सञ्चालकहरूसँग करोडौँ रुपैयाँ (पुरानो कर) असुल गर्न बाँकी छ । उक्त कर १० भन्दा बढी होटल व्यवसायीहरूसँग बाँकी रहन गएको हो । होटल व्यवसायीले क्यासिनो सञ्चालन गरेबापत कर बढी भएको भन्दै कर छुट हुनुपर्ने बताउँदै आएका छन् ।
करिब एक वर्षसम्म क्यासिनो सञ्चालन नभएका कारण क्यासिनोका कामदारहरु बेरोजगार भएका थिए ।
रासस
