समाचारशनिबार, साउन ३, २०७१
चिलिमे र साञ्जेन कार्यालयमा तालाबन्दी
चिलिमेका प्रबन्ध सञ्चालक कुलमान घिसिङलाई हटाउने प्राधिकरण सञ्चालक समितिको निर्णय फिर्ता लिई यथास्थानमा वहाली गराउन माग गर्दै स्थानीयले चिलिमे जलविद्युत् केन्द्र स्याफ्रूवेशी र साञ्जेन जलविद्युत् आयोजनाको कार्यालयमा ३ साउनमा तालाबन्दी गरेका छन् ।
ऊर्जा सङ्कट समाधान गर्न अहोरात्र योगदान पु¥याउने घिसिङलाई यथास्थानमा थमौती नगरे आयोजनाका सबै काम ठप्प पारिने चिलिमे तथा साञ्जेन जलविद्युत् सरोकार समितिले बताएको छ ।
रासस
