समाचारशुक्रबार, आश्विन ५, २०६९

पूर्वराजा म्याग्दी आउने कार्यक्रम स्थगित, म्याग्दी बन्दको कार्यक्रम फिर्ता

हिमालखबर

पूर्वराजाको भ्रमणमा म्याग्दीका विभिन्न राजनीतिक दलले अवरोध गर्ने तयारी गरेपछि असहज परिस्थितिका कारण उनको भ्रमण कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।

भ्रमणको विरोधमा ४ असोजमा बसेको म्याग्दीमा क्रियाशील सात राजनीतिक दलहरुको संयुक्त बैठकले ५ असोजका लागि एकदिन म्याग्दी बन्दको घोषणा गरेका थिए । पूर्वराजाको भ्रमणमा राजनीतिक दलहरुले अवरोध गर्ने भएपछि असहज परिस्थितिका कारण सो कार्यक्रम स्थगित गरिएको भ्रमण व्यवस्थापन मूल आयोजक समितिका जगतप्रसाद गौचनले वताएका छन् ।

पूर्वराजाको म्याग्दी आउने कार्यक्रम स्थगित भएपछि म्याग्दी बन्द पनि फिर्ता भएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>