समाचारशुक्रबार, आश्विन ५, २०६९

हकदाबी खोज्दै अन्य दल

हिमालखबर

दलहरुका आन्तरिक मतभेद र बाहिरी दवाब समेतले संविधान सभा पुनस्र्थापना गर्ने बाटो बन्द प्राय भएपछि नयाँ निर्वाचनमा जाने विषयमा छलफल अघि बढेको हो ।
यसै सन्दर्भमा मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ५ असोज विहान नेपाली काँग्रेस सभापति सुशील कोइरालालाई भेटेर आफ्नो असन्तुष्टि जाहेर गरेका छन् । तीन दलको ‘सिण्डिकेट’ ले मुलुकको राजनीति अघि बढ्न नसक्ने बताउँदै आएका उनले सबै दललाई सहभागी बनाई छलफल गर्न सभापति कोइरालालाई आग्रह गरेका छन् ।
यादवले सहमतिको सरकारको आवश्यकतामा जोड दिंदै बाबुराम भट्टराई नेतृत्वको सरकार  निकम्मा र भ्रष्ट भएकोले कुनै हालतमा मान्य नहुने प्रतिक्रिया व्यक्त गरे ।

त्यस्तै नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले तीन दल र मधेशी मोर्चाबीच हुने सहमति मान्य नहुने वताएका छन् । ५ असोजमा सिन्धुलीका पत्रकारहरुसँग कुरा गर्दै गजुरेलले उक्त सहमतिका विरुद्ध आफूले अन्य दलहरुसँग छलफल अघि बढाएको वताएका छन् । नेकपा–माओवादीले पनि सहमतीय सरकारको दाबी गर्ने उनले वताए । गजुरेलले पाँचबुँदे सहमति गर्दा अबको सरकार नेपाली काँग्रेसको नेतृत्वमा बन्ने उल्लेख भए पनि अहिले आएर एकीकृत माओवादीले धोका दिएको धारणा व्यक्त गरे ।
३ असोजमा भएको तीन प्रमुख दल र मधेशी मोर्चाको बैठकले संविधान निर्माणका विवादित विषयमा सहमति जुटाउन नसक्दा निर्वाचनमा जाने निर्णय गरेको थियो । तर निर्वाचनको संवैधानिक र कानुनी व्यवस्था साथै संविधान सभा वा संसद केका लागि निर्वाचन गर्ने भन्नेमा दलहरु अन्यौलमै छन् ।

-सञ्जीव शर्मा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>