समाचारआइतबार, साउन ४, २०७१

मुलुकको समृद्धिमा लागौंः ओली

हिमालखबर

एमाले अध्यक्ष ओलीले समुन्नत नेपाल निर्माणका लागि अघि बढ्न पार्टी केन्द्रीय सदस्य र सभासदलार्य आग्रह गरेका हुन् । नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी सदस्यका लागि ४ साउनमा आयोजित दिवाभोज कार्यक्रममा उनले शासकीय अव्यवस्थापनका कारण नेपालमा गरिबी र पछौटेपन कायम रहेको बताए ।

“संसारमै पाउन नसकिने प्राकृतिक स्रोत साधन, वन्यजन्तु र जीवजन्तु पाइने नेपालमा तिनको उचित सदुपयोग हुन सकेको छैन,” उनले भने, “अब समृद्ध नेपाल निर्माणका लागि ढिला गर्नुहुन्न ।” उनले परिवर्तनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न तोकिएको समयमा लोकतान्त्रिक संविधान निर्माणका लागि सक्रिय हुन पनि अपिल गरे ।

गरिबी र पछौटेपन हटाउन लोकतान्त्रिक जनआन्दोलनको मर्म र भावनाअनुसार जनताको परिवर्तनप्रतिको चाहनालाई संविधानमा समावेश गरेर मुलुकको समृद्धितर्फ लाग्न उनले आग्रह गरेका छन् ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष वामदेव गौतम, भीम रावल, महासचिव ईश्वर पोखरेल र अन्य पदाधिकारी र केन्द्रीय सदस्य सहभागी थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>